२९ बर्षे व्यवायिक अनुभव संगालेकी ः गायत्री

  • प्रकाशित मितिः असार १३, २०७६
  • 1394 पटक पढिएको
  • समय अनलाइन

आगामी असार १४ गते हुने उद्योग वाणिज्य संघ इटहरीको चुनावमा इटहरीकी महिला व्यवसायी गायत्री कटुवाल भण्डारी पनि चुनावी मैदानमा छिन् । विगत २९ बर्षदेखि आफ्नो पैतृक व्यवसायलाई निरन्तरता दिँदै आएकी गायत्री इटहरीकी परिचित व्यवसायी हुन् । व्यवसाय सँगसँगै सामाजिक कार्यमा सक्रिय भण्डारी हाल रेडिमेट व्यवसाय संघकी अध्यक्ष पनि हुन् । बिगत लामो समयदेखि आफ्नो पैतृक व्यवसायलाई निरन्तर दिँदै आएकी भण्डारी आगामी असार १४ गते हुन गैरहेको उद्योग बाणिज्य संघको निर्वाचनमा भीम पौडेल प्यानलबाट सदस्यमा उमेद्वारी दिएकी छिन् । व्यवसायका सुरुवाती दिनहरुमा संघर्षपूर्ण जीवन बिताउँदै आएकी भण्डारीमा व्यवसायमा हुने दुःख तथा सुख दुवैको बराबर अनुभूति छ । उद्योग वाणिज्य संघ इटहरीमा टंक दुलाल र स्व. सुनिल अग्रवालको पहलमा उद्योग वाणिज्य संघ इटहरीको कार्यसमितिमा महिला सदस्य भई काम गरेको अनुभव उनीमा छ । व्यवसायीको हक हितको लागि आवाज उठाउँदै आएकी भण्डारी समाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । उनकै पहलमा रेडिमेड व्यवसायी संघ इटहरीको तर्फबाट २०७४ को बुढी खोलाको बाढीको चपेटामा परेका स्थानीयहरुलाई रु. ३ लाख मूल्य बराबरको लत्ता कपडा, जुत्ता चप्पल बितरण गर्नुको साथै गतबर्ष एसके टूेडर्समा आगलागी हुँदा पीडितलाई घर बहाल बापतको तीन महिनाको रकम छुट गराउन पहल गरेको उनी बताउँछिन । धुर्मुस सुन्तली फाउन्डेसनले थालेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सरसफाई अभियानमा आफू अग्रणी रुपमा संलग्न रहेको भण्डारी बताउँछिन् । काम सानो होस् या ठूलो हरेक क्षेत्रमा सहयोगको भावले संलग्न हुन पाउनुमा उनी गर्व गर्दछिन् । अव्यवस्थित बजारलाई व्यवस्थित गर्ने, अव्यवस्थित पार्किङ र फोहोरको उचित व्यवस्थापन गर्ने, समग्र समाजकै सुरक्षाका खातिर नगर क्षेत्रभित्र सिसी क्यामाराको विस्तार गर्न पहल गर्ने उनको मुख्य अठोट छ । अघिल्लो चुनावमा खसेका धेरै मत बदर भएका कारणले आफू पराजित हुनु परेको स्वीकार्दै आगामी चुनावमा इटहरीका उद्योगी तथा व्यवसायीहरुले अत्याधिक मतले आफूलाई बिजयी बनाउनेमा भण्डारी आशावादी छिन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved