आफ्नो सम्पूर्ण जीवन विभिन्न व्यवसायमा संलग्न रहँदै ३२ बर्षअघिबाट इटहरीमा किराना पसलबाट आफ्नो व्यवसायिक जीवनको सुरुवात गरेका श्रेष्ठ हाल कमला कोल्ड सेन्टरका सञ्चालक हुन् । जीविका चलाउने क्रममा इटहरीमा पान पसल समेत सञ्चालन गरेका पुराना व्यवसायी श्रेष्ठ आफ्नो जीवनका विभिन्न चरणमा समाजको आवश्यकता बमोजिमका सामाजिक कामहरु पनि गर्दै रहे । उनी अब हुन गइरहेको उद्योग वाणिज्य संघको निर्वाचनमा भीम पौडेल समूहबाट सदस्य पदका उमेद्वार हुन् । आफ्नो जीवनका भोगाइहरु र आफूले वहन गरेका जिम्मेवारीहरुलाई अब आउने युवापुस्ताहरुमाझ साट्न र उनीहरुलाई मार्गनिर्देश गर्नका लागि आफूले उमेद्वारी दिएको उनी बताउँछन् । हाल उनी नेपाल रेडक्रस सोसाइटी इटहरीका आजीवन सदस्य, उद्योग वाणिज्य संघ इटहरीका आजीवन सदस्य र होटल व्यवसायी संघका सदस्य समेत हुन् । योसँगै उनी आगामी निर्वाचनमा विजयी भएपश्चात उद्योग वाणिज्य संघलाई सही मार्गमा डो¥याउन र कुशल अभिभावकको जिम्मेवारी वहन गर्ने क्षमता समेत राख्छन् । यसैकारण उनी इटहरीका उद्योगी, व्यवसायीहरुले आफूलाई अत्यधिक मत दिई विजयी गराउने कुरामा समेत आशावादी छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved