व्यवशायीहरु एकताबद्ध भए जस्तोसुकै समस्या समाधान हुन्छ’ : टंकप्रसाद खनाल

  • प्रकाशित मितिः असार १३, २०७६
  • 1479 पटक पढिएको
  • समय अनलाइन

 

इटहरीस्थित एम.के. मार्केटिङका प्रोप्राइटर तथा हुलास खाद्यान्न, मख्खन र विभिन्न प्रकारका कस्मेटिक आइटमहरुको इटहरी कार्यक्षेत्र बनाएर डिस्ट्रिब्युटन पेशामा संलग्न हुनुभएका टंकप्रसाद खनाल उद्योग वाणिज्य संघ इटहरीको चुनावमा वाणिज्यतर्फ सदस्यमा उठ्नुभएको छ । वितरक संघ इटहरीको संस्थापक अध्यक्ष, किराना व्यवशायी संघ इटहरीको संस्थागत सचिवलगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा संलग्न हुँदै हाल नेपाल वितरक महासंघको राष्ट्रिय उपाध्यक्ष तथा इटहरी उद्योग वाणिज्य संघको महासचिवको रुपमा जिम्मेवारी सफलतापूर्वक 

चुनावको तयारी कसरी गरिहनु भएको छ ?
चुनावको तयारीका लागि घर दैलो कार्यक्रम चलिरहेको छ । व्यक्तिगतभन्दा पनि हामीहरु समुहबाट भेटघाट गरिरहेका छौं । शैलेशकुमार विष्ट समुहको समावेशी समुहबाट म पनि सदस्यको उम्मेदवार भएको छु । हाम्रो समुह यतिबेला उद्योगी तथा व्यवसायीलाई भेट्दै चुनावको तयारी गरिरहेका छौं ।

तपाईको व्यवसायिक यात्राको बारेमा बताइदिनुस् न ।
मैले इटहरीलाई कर्मथलो बनाएर विगत २०५६ सालदेखि सानो किराना व्यवशाय इटहरी ५ स्थित पचरुखी चोकबाट सुरुवात गरेको हुँ । त्यसबेला पचरुखी क्षेत्रमा कुनै व्यवशायीक प्रतिष्ठान नै थिएनन् । तर आज आएर एउटा समुन्नत बजारको रुपमा पचरुखी बजार विकसित भएको छ । समय क्रमसँगै २०५७ सालदेखि आफ्नो व्यवशायिक प्रतिष्ठान एमके मार्केटिङमार्फत् किराना व्यवशायलाई परिस्किृत र परिमार्जन गर्दै वितरणको पेशामा आफूलाई संलग्न गराई इटहरी र इटहरी आसपासका क्षेत्रहरुमा अहिलेसम्म यही पेशामार्फत् कार्यसम्पादन गरिरहेको छु ।

सफल व्यवसायी बन्न के गर्नुपर्दो रहेछ ?
सबैभन्दा ठुलो कुरा त मेहेनत हो । परिश्रमी हातहरुलाई थकाइमा परिणत गर्नु हुँदैन भन्ने मेरो मान्यता छ । योग्यता, परिश्रम, इमान्दारिता र समयको क्रमसँग व्यवशाय आधारित हुन्छ भन्ने कुरा मैले बुझेको छु । यिनै चार आधारमा टेकेर व्यवशाय गरियो भने असफलता प्रायः असम्भव हुन्छ ।


इटहरीको सन्दर्भमा व्यवसायिका मुख्य समस्याहरु के होलान् त ?
व्यवसायिहरुभित्र समस्याहरु धेरै छन् । मैले व्यवसाय गर्नुभन्दा अगाडी जागिरे जिवनमा पनि व्यवसायिका समस्याहरु बुझेको थिएँ । पछि आफैले व्यवसाय गरेपछि त झन् व्यवसायिहरु भित्र धेरै समस्याहरु छन् भन्ने अनुभव पनि भयो । लेखा राख्न समस्या, घर भाडा, पुँजीको परिचालनमा समस्या, नेपाल सरकारको विभिन्न कर नितिका कारण पनि समस्याहरु देखे भोगेका छौं । यी सबै समस्याहरु व्यवशायी आफैले अनुभुती गर्नु जरुरी छ । व्यवसायि आफैले बुझेर गरेको व्यवसायमा मात्र सफलता मिल्छ भन्ने मलाइ लाग्छ ।

तपाईले जितेर गएपछि यो क्षेत्रको व्यवसायिक विकासका लागि के गर्नु हुन्छ ?
म विगत दुई कार्यकाल चुनावबाट अत्याधिक मत ल्याएर विजयी बनेको हुँ । एक कार्यकाल मनोनित सदस्यको रुपमा उद्योग वाणिज्य संघमा कार्यरत छु र अर्को एक कार्यकाल चुनावबाटै प्रतिस्पर्धा गरेर विजयी भई सदस्य पदमा पनि काम गरेको छु । अर्को म अहिले उद्योग वाणिज्य संघ इटहरीको महासचिव हँु ।
मलाई यसरी इटहरीका व्यवसायिले पटक पटक मत दिएर जिताउनु भएको छ । व्यवसायको क्षेत्रमा व्यवसायिहरु एकताबद्ध भएर आफ्ना समस्याहरुलाई सम्बन्धीत निकायसम्म पुर्याउनुपर्छ र आफ्नो हक आफै खोज्नुपर्छ । त्यसो भयो भने जस्तोसुकै समस्या समाधान हुन्छ भन्ने मान्यता राखेर किराना व्यवसायि संघ स्थापना गरि त्यसको पनि संस्थापक अध्यक्ष भएर काम गरिसकेको छु । यस्तै वितरणको पेशामा आइसकेपछि इटहरी वितरक संघ नामक संस्था गठन गरी संस्थापक अध्यक्ष बनेर काम गरिसकेको छु ।
अर्को महत्वपूर्ण कुरा, उद्योग वाणिज्य संघ नेपाल सरकारको कुनै कार्यकारी निकाय होइन, यो समन्वयकारी संस्था भएको हुँदा नेपाल सरकारका विभिन्न निकायहरु, उद्योग वाणिज्य महासंघ जस्ता इटहरी उद्योग वाणिज्य संघले प्रगाढ सम्बन्ध स्थापित गर्नुपर्ने संघसंस्थाहरुसँग समन्वय गरेर इटहरी र इटहरी क्षेत्रभित्रका उद्योगी व्यवशायीहरुको समस्या समाधान गर्ने कुरामा आफू समर्पित हुनेछु ।
उद्योग वाणिज्य संघ सबै बस्तुगत संघको छाता संगठन हो । इटहरीमै पनि लगभग ४० प्रकृतिको व्यवसाय गर्ने व्यवसायीहरु यहाँ हुनुहुन्छ । र यहाँ समस्या पनि ४० प्रकारकै छन् । उद्योग वाणिज्य संघले यी सबै समस्याहरुलाई अलग अलग पहिचान गरी अलग अलग हिसाबले समस्या समाधान गर्नुपर्छ भन्ने मेरो धारणा छ ।

तपाइको प्रतिस्पर्धीभन्दा तपाई के कारण ले सक्षम छु र जित्छु जस्तो लाग्छ ?
म यो कारणले सक्षम छु भन्ने कुरा मैले भन्नुभन्दा पनि यहाँका उद्योगी व्यवसायीले भन्ने कुरा हो । धेरै उद्योगी व्यवसायीले मलाई चिन्नु हुन्छ । किनकी मैले यहि क्षेत्रमा १९ वर्ष सँगै रहेर काम गरेको छु । वहाँहरुसँग विगतमा गरिएका कामहरुका कारण उद्योगी व्यवसायीले मलाई अब्वल हिसाबले हेर्नु हुन्छ जस्तो मलाई लाग्छ ।

अन्त्यमा आफ्ना भोर्टसहरुलाई के भन्न चाहनुहुन्छ ?
म इटहरीभरिका सम्पुर्ण उद्योगी तथा व्यवसायीलाई के भन्न चाहन्छु भने यो आउने चुनावमा उद्योग वाणिज्य संघ इटहरीको वाणिज्य तर्फको सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेको छु । सम्पूर्ण उद्योगी, व्यवशायी महानुभावहरुबाट आफ्नो अमूल्य मत दिएर यहाँहरुकै सेवामा समर्पित हुने मौका दिनुहुन सबैमा विनम्रतापूर्वक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved