उपकुलपति रौनियारलाई'घुससहित पक्राउ परेका

  • प्रकाशित मितिः असार २७, २०७६
  • 1296 पटक पढिएको
  • समय अनलाइन

धरान : ८ लाख घुससहित पक्राउ परेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा।डा राजकमार रौनियार र उनका भतिज डा रामहरि रौनियारलाई अख्तियारले आवश्यक कारवाहीका लागि काठमाडौं लगेको छ ।

बिहीबार प्रतिष्ठानको भवन निर्माणको ठेक्का पाएका ठेकेदारसँग ठेक्का लिए वापतको ८ लाख रुपैयाँ नगद सहित रौनियार प्रतिष्ठानको निवासबाट रंगेहात पक्राउ परेका थिए । रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालयका प्रहरी उपरीक्षक हेम थापाको नेतृत्वमा खटिएको टोलीले सेवाग्राहीबाट घुस रकम लिए लगत्तै पक्राउ गरेको थियो । रौनियारलाई कार्यकक्षमा रकम लिएर निवासमा राख्न जाने वित्तिकै पक्राउ गरिएको थियो ।

ठूलो परिमाणको रकमसहित पक्राउ परेका रौनियार विरुद्ध मुचुल्का तयार पार्न अख्तियारको टोलीलाई रातभर समय लागेको थियो । रौनियारलाई टोलीले शुक्रबार बिहानै गाडीमा राखेर काठमाडौं लगिएको अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक हेम थापाले बताए ।

रौनियारले प्रतिष्ठानमा निर्माण र विभिन्न उपकरण खरिदमा ठेकेदारसँग रकम माग गरेको उजुरी परेको थियो । उजुरीपछि पीडित पक्षसँग रकम माग गरेको फोन रेर्कड अख्तियारमा पुगेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पीडितलाई ८ लाख रकम दिएर रौनियारलाई पक्राउ गर्न टोली परिचालन गरेको बुझिएको छ ।

रौनयारले प्रतिष्ठानको नेतृत्व राम्रोसँग सम्हाल्न नसकेको भन्दै गत फागुनमा सरकारले पदबाट बर्खास्त गरेको थियो । बर्खास्तपछि रौनियारले सर्वोच्च अदालतमा रिट दायर गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश मिरा खड्काको संयुक्त इजलासले अल्पकालिन अन्तरिम आदेश गरेपछि उनी पुर्नवाहली भएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved