वसन्तपुर-म्याङलुङ सडक अवरुद्ध

  • प्रकाशित मितिः असार २८, २०७६
  • 1542 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयल अविरल वर्षाको कारण जिल्लाभरको जनजीवन प्रभावित बनेको छ । पहिरो खस्दा वसन्तपुर म्याङलुङ सडक खण्डको काँडेमा सडक शुक्रबारदेखि अवरुद्ध छ ।स्काभेटरको मद्दतबाट पहिरो हटाउने काम भइरहेपनि माथिबाट निरन्तर पहिरो बगिरहेकाले सवारी खुलाउन समस्या भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । सो सडक खण्डमा २० भन्दा बढी स्थानबाट पहिरो खसेको छ ।

यसैगरी, मध्यपहाडी लोकमार्ग अन्तर्गत आठराई म्याङलुङ सडक खण्ड पनि ४ दिनदेखि अवरुद्ध भएको छ । सिधुवा शुक्रबारे, शुक्रबारे म्याङलुङ, जिरीखिम्ती मोराहाङ, म्याङलुङ लुमुघाट लगायत सदरमुकाम जोड्ने १० बढी सडक अवरुद्ध भएका छन् । यी सडकका दर्जनौँ स्थानमा सवारी फसेका छन् ।
पहिरोका कारण विभिन्न स्थानमा घर भत्किएका छन् । लालीगुराँस नगरपालिका २ बसन्तपुर बजारका ७ बढी घरमा पहिरोले क्षति पुगेको छ । बसपार्क छेउमा रहेका रत्न बहादुर कार्की, खेम कार्की, डिल्ली कार्की र नाम नखुलेका सोही स्थानको अर्को घरमा पहिरोले क्षति पुर्‍याएको छ ।
आसपासका अधिकांश घर उच्च जोखिममा रहेको स्थानीय खेम कार्कीले बताए । त्यस्तै वसन्तपुर बजार क्षेत्रकै प्रगति टोलका ५ बढी घरपनि पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । उच्च जोखिममा रहेका घरपरिवारलाई त्यहाँबाट अन्यत्र सुरक्षित स्थानमा सर्न भनिएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved