तेह्रथुम । प्राथमिक स्वास्थ्य केन्द्रको कार्यालयमा रातभर पार्टी गरेकाे समाचार लेख्दा पत्रकारलाई स्पष्टीकरण माग गरिएकाे छ ।आठराई गाउँपालिकाको सक्रान्ति बजारमा रहेको स्वास्थ्य केन्द्र गएको बुधबार साँझ स्वास्थ्य कार्यालयमा पार्टी र दोहोरी साँझ नै सञ्चालन गरेकाे थियाे । पार्टीमा बजाएकाे गीतले बजारमा होहल्लासमेत भएको थियो ।त्यसको भोलिपल्ट ‘हाम्रो सवाल डटकम’ सञ्चालक तथा सम्पादक अमृत बास्तोलाले ‘स्वास्थ्य केन्द्रमै पार्टी सञ्चालन’ भनेर समाचार लेखेका थिए । उक्त समाचार मनगणन्ते भएकाे भन्दै गाउँपालिका कार्यालयले सञ्चालक तथा सम्प्राथमिक स्वास्थ्य केन्द्रले पत्रकार बास्तोलाविरुद्ध गाउँपालिकाको कार्यालयमा उजुरी दिएपछि गाउँपालिकाले बास्तोलालाई ७ दिनभित्र लिखित स्ष्टीकरणसहित उपस्थित हुनु भनिएको छ ।पादक बाविभिन्न सञ्चार माध्यममा समाचार प्रसारण, प्रकाशन भएपछि स्वास्थ्य केन्द्रका प्रमुख डाक्टरले शुक्रबार दिउँसो फोन गरेर पत्रकार बास्तोलालाई धम्कीसमेत दिएका थिए ।स्तोलालाई स्पष्टीरण मागेको हो ।समाचारको विषयमा दुवै पक्षलाई मिल्न गाउँपालिका कार्यालयले बास्तोलालाई बोलाएर समाचारबारे माफी माग्न लगाएको थियो । तर बास्तोलाले अस्पताल जस्तो संवेदनशील र सार्वजनिक स्थलमामा पार्टी तथा मदिरा जन्य वस्तु प्रयोग गरेर खैलाबैला गर्दै गैरजिम्मेवारी काम गरेको विषयमा लेखेको समाचारको बारेमा माफी नमाग्ने अडान लिएपछि उनलाई गाउँपालिकाले लिखित रूपमा स्ष्टीकरण मागेको हो ।उता अस्पताल प्रशासन भने अस्पतालका कर्मचारीको निवास त्यहीँ भएकाले यस्तो क्रियाकलाप गर्न पाउने तर्क गरेको छ । स्वास्थ्य केन्द्रको कार्यालयमा पार्टी र दोहोरी साँझ चलाउने केन्द्रका प्रमुख डा. सन्तोषप्रसाद शाहलाई भने गाउँपालिका कार्यालयले स्पष्टीकरण मागेको छैन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved