
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट विचारधारा पतनको दिशातिर उन्मुख हुँुदै गएको बताएका छन् । नेपालमा कम्युनिष्ट पार्टीले गत निर्वाचनमा पाएको सफलतालाई उपसभापति निधिले मर्ने बेलामा कमिलाको प्वाँख पलाएजस्तो भएको टिप्पणी गरे ।
उनले भने, “जसरी मर्ने बेलामा कमिलाको प्वाँख पलाउँछ त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको छ ।” बन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिबेशनको आइतबार उद्घाटन गर्दै उनले बिचारधाराको परिबर्तनसँगै कम्युनिष्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved